Logo
Logo

विप्लव समूहद्धारा नेता छुटाउन नेपाल बन्द घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेता पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको नेकपाले नेपाल बन्द समेत गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ती जारी गर्दै ५ दिने आन्दोलनको घोषणा गरिएको छ । समूहले आन्दोलनको अन्तिम दिन माघ १० गते नेपाल बन्द घोषणा गरेको हो ।
माघ ३ खगते देशव्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट इञ्चार्ज एवं सचिवालय सदस्य कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्