Logo
Logo

आन्दोलन थप सशक्त बनाउँदै नेकपा प्रचण्ड–माधव समूह


- दृष्टि न्युज/संवाददाता


काडमाडौं, १ माघ । प्रधानमन्त्री केपी शार्मा ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संघीय राजधानी काठमाडौंमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
ठूलो संख्यामा कार्यकर्ता सहभागी गराउने तयारीका साथ आन्दोलनको प्रारुप तयारी गर्नेबारे छलफल जारी रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।

बैठकले विगतका संघर्षका कार्यक्रमहरुको समिक्षा गर्दै र प्रदेश र जिल्लाहरुमा समेत संघर्षका कार्यक्रमहरुलाई प्रभावनकारी बनाउनेबारे व्यापक छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
बिहिबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्