Logo
Logo

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासले के गर्ला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । बृहत पूर्ण इजलास वा संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ गर्नेबारेमा रिट निवेदक र सरकारी पक्षको भिन्न मत रहेको छ ।

बुधबारको बहसमा रिट निवेदकहरुका तर्फबाट अधिवक्ताहरुले बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गर्दै आएका छन् भने सरकारी पक्षबाट महान्यायाधिवक्ता सहित अधिवक्ताहरुले संवैधानिक इजलासबाटै टुंग्याउनुपर्ने दलिल पेश गर्दै आएका छन् ।

संविधानको भावना विपरित भन्दै नेकपाकै प्रचण्ड–नेपाल समूहका तर्फबाट देवप्रसाद गुरुङ सहित अधिवक्ताहरुले प्रतिनिधि सभा विघटनको खारेज माग गर्दै रिट दायर गरेका थिए । रिटमा संविधानको धारा ७३ मा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान नरहेको दलिल पेश गरिएको छ । यो मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको अध्यक्षतामा संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, तेजबहादुर केसी र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्