Logo
Logo

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


काठमडौं, २ माघ । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता शुरु भएको हो ।

उक्त भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने जनाईएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति रहेका छन् ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुने बताईएको छ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली पुगेका थिए ।

स्रोतका अनुासर बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुनेछ ।

यो पनि पढ्नुहोस्…

सीमा समस्यालाई भारतले प्राथमिकतामै राखेन (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्