Logo
Logo

धमाधम बन्द हुन थाले रौतहटका विद्यालय


- दृष्टि न्युज/संवाददाता


रौतहट, ४ माघ । अत्यधिक चिसो बढेसँगै रौतहटका समुदायिक तथा निजी विद्यालयहरू धमाधम बन्द गर्ने निर्णय गरिएको छ। रौतहटको गौर, गरुडा, राजपुर र परोहा नगरपालिकाका सबै विद्यालयहरू शीतलहरका कारण ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

 

एक सातादेखि चलेको शीतलहरका कारण चार नगरपालिकाहरूले आज (आइतबार) सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरसको थप जोखिमको सम्भावना उच्च हुन देखिएकाले गौरका सबै सामुदायिक तथा निजी विद्यालय ७ मंसिर (बुधबार) सम्म बन्द गरिएको नगरप्रमुख अजय गुप्ताले बताए । गुप्ताले वर्ष बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बताए । त्यसै गरी गरुडा नगरपालिकाका विद्यालयहरू पनि आउँदो ६ गतेसम्म बन्द रहने प्रमुख इनु राय यादवले बताए ।


साथै, रौतहटको राजपुर नगरपालिका विद्यालयहरू पनि ६ गतेसम्म बन्द गरिने निर्णय गरिएको प्रमुख सकिल अक्तरले बताए । त्यसै गरी परोहा नगरपालिकाको प्रमुख शेख वकिलले चिसोकै कारण नगरको विद्यालयहरू बन्द गरिने निर्णय गरिएको बताए ।

एक सातापछि अवस्था हेरेर थप निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्