Logo
Logo

फाष्ट ट्रयाकको भ्रष्टाचारमा मुछियो बालुवाटार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । नेपाली सेनामार्फत बनाउन लागिएको फास्ट ट्रयाकको ठेक्कामा अप्रत्यक्ष रुपमा बालुवाटार मुछिएको पाइएको छ । एक ठेकदारको योजनामा स्पेशिफिकेसन बनाएर उसैलाई ठेक्का दिन खोज्दा बालुवाटार मुछिएको हो ।

ठेकेदार लोकेन्द्र कार्की

दुवै कम्पनीको लोकल एजेन्टका रुपमा कार्की नै छन् । कार्की बालुवाटार निकट व्यापारी मानिन्छन् । त्यसमाथि रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएपछि कार्कीलाई सेनाको ठेक्कापट्टामा सेटिङ गर्न सहज भएको हो । दोस्रो फेजको निर्माणका लागि चिनियाँ निर्माण कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरेको हो । यसमा २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन् ।

लामो समयदेखि नेपाली सेनामा ठेक्कापट्टा गर्दै आएका लोकेन्द्र कार्कीको कम्पनीलाई प्रतिस्पर्धा नै नहुने गरी करिब ३५ अर्बको ठेक्का दिन लागिएको छ । उनी निकट कम्पनीलाई मात्र मिल्ने गरी बोलपत्रको स्पेशिफिकेसन बनाएर ती कम्पनीलाई मात्र प्राविधिक प्रस्ताव स्वीकृत गरेर नीतिगत रुपमै ठूलो भ्रष्टाचार गर्न लागिएको हो । यसको योजना प्रधानमन्त्री निवास बालुवाटार र केही शक्तिकेन्द्रहरुमा बनेको स्रोत बताउँछ । चुनाव खर्चको तयारीका लागि भन्दै फास्ट ट्रयाकमा यसरी अर्बौको सेटिङ हुन लागेको छ ।

फाष्ट ट्रयाक अन्र्तगत सुरुङ र जटिल प्रकृतिका पुल बनाउने ठेक्का लागत अनुमान बराबरकै प्रस्ताव गर्न लागिएको छ । फेज १ मा छनोट भएका दुवै कम्पनी कार्कीको सेटिङका भएकाले त्यसमा पनि प्रतिस्पर्धा हुने छैन । फेज २ मा एउटा मात्र कम्पनी छनोट भएकाले प्रतिस्पर्धा हुने कुरै भएन । यसबाट राज्यलाई अरबौं नोक्सान हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरु बताउँछन् ।

पहिलो फेजको ठेक्कामा लागि २३ अर्ब ४० करोड र दोस्रो फेजका लागि ११ अर्ब ७० करोड लागत अनुमान रहेकोमा पहिलोमा दुई वटा र दोस्रोमा एउटा मात्र कम्पनी छनोट भएको छ । पहिलो फेजका लागि २१ र फेज टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । पहिलो फेजका लागि चिनियाँ कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ छनोट भएका छन् ।

स्रोतका अनुसार दुवै कम्पनीको लोकल एजेन्टका रुपमा कार्की नै छन् । कार्की बालुवाटार निकट व्यापारी मानिन्छन् । त्यसमाथि रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएपछि कार्कीलाई सेनाको ठेक्कापट्टामा सेटिङ गर्न सहज भएको हो ।

दोस्रो फेजको निर्माणका लागि चिनियाँ निर्माण कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरेको हो । यसमा २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन् । कानूनी रुपमा बसै प्रक्रिया मिलाइएपनि बोलपत्रकै चलखेल भएको उच्च स्रोतको भनाई छ । यसमा प्रधानसेनापति पूर्णचन्द्र थापाका केही नातेदार समेत मिलेका छन् । ठेकदार कार्कीले यो ठेक्काका लागि देशका सबै शक्तिकेन्द्र आफुले खरिद गरिसकेको निकटस्थहरूलाई बताउँने गरेका छन् ।

नेपाली सेनाको कारोबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले सेनामार्फत फाष्ट ट्रयाक बनाउन लागिएको हो । जुन सत्तारुढ दलका लागि कमाउने भाँडो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्