Logo
Logo

प्रदेश सरकारले शिर ठाडो हुने काम गरेको छ : मुख्यमन्त्री पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको दावी गरेका छन् । “वागमती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वागमती प्रदेश अगाडि रहेको बताएका हुन् ।

पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजना समेत कार्यान्वयनको चरणमा रहेको तर्क गरे । सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वागमती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागि समेत अनुकरणीय हुने गरेको उनको भनाइ थियो । सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको समेत मुख्यमन्त्री पौडेलको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्