Logo
Logo

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


डडेल्धुरा, ६ माघ । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अमरगढी नगरपालिका–२ मा आज (मंगलबार) ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका गणेशबहादुर ऐरको मृत्यु भएको हो ।

दुर्घटनामा परी पाँच जना घाइते भएको र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से १ त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट खसेको थियो । घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्