Logo
Logo

सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना, तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


सुनसरी, ६ माघ । सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट इनरुवातर्फ जाँदै गरेको माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको हो ।


प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोमा विपरीत दिशाबाट आउँदै गरेको ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सप्तरी राजविराजका शंकर यादव, सुनसरी इनरुवा ३ का बर्खी मण्डल छन् भने एक जनाको पहिचान खुल्न सकेको छैन । यस्तै, घाइते ८ जनाको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्