Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कानून व्यवसायीलाई टाइम कार्ड लागुदेखि बाइडेनको ह्वाइट हाउस यात्रासम्म


- दृष्टि न्युज/संवाददाता


हेडलाइन्स् :

१. प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाई बिहीबार पनि चल्ने, हेर्दा हेर्दैमै राखियो, प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको कानून व्यवसायीको टिप्पणी, भोलिदेखि व्यवसायीलाई ‘टाइम कार्ड लागू’ हुने ।

२. नेपालमा कोरोना भाइरस देखिएको एक वर्षपछि कोरोना खोप भोलि नेपाल आउने, भारतद्वारा कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदान, फ्रन्ट लाइनमा रहेर काम गर्नेहरूलाई प्राथमिकता दिइने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।

३. प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीको विरोध प्रदर्शन, ओलीले ट्रम्पकै नियति भोग्नुपर्ने अध्यक्ष उपेन्द्र यादवको चेतावनी, विघटनसँगै अन्तर्राष्ट्रिय शक्तिले नेपालमा चासो राख्नाले चिन्ता बढेको बाबुराम भट्टराईको भनाइ ।

४. नेकपा प्रचण्ड–माधव समूह निकट आदिवासी जनजाति राष्ट्रिय भेला सम्पन्न, सार्वभौमसत्तामाथि आक्रमण गर्नेका विरुद्ध उत्रिनुपर्ने बेला आएको प्रचण्डको दावी, पार्टीभित्रको विवादले संसद भंग गर्नु गलत भएको टिप्पणी ।

५. नेकपा विभाजनपछि बुधबारका लागि आह्वान गरिएको प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट नबसी अनिश्चितकालका लागि स्थगित, अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा तोडियो, बागमती प्रदेशको हिउँदे अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित, नेकपाभित्र संसदीय दलको नेता को भन्ने मै विवाद, केन्द्रमा जे भएपनि प्रदेशमा नेकपा मिलेर जानुपर्ने कांग्रेसको चाहना ।

६. मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसको सर्कुलर, वडामा आयोजना हुने विरोध प्रदर्शन पनि सहभागी हुनैपर्ने, कांग्रेसका नेता भने प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनको विरोध गर्दै ।

७. सिन्धुपाल्चोकस्थित नेपाल–चीन व्यापारिक तातोपानी नाका विहीबारदेखि २० दिनका लागि बन्द हुँदै, खासामा रहेका सबै सामान नेपाल भित्रिए, एक सातामा मात्रै तीन करोड राजस्व असुली ।

८. ४० अंकको उतारचढावबीच १५ अंकले बढ्यो सेयर बजार, बैंक तथा वित्तीय संस्थाको सर्वाधिक कारोबार, खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा ।

९. प्रधानमन्त्री कप क्रिकेटमा पुलिस र आर्मी विजयी, आइपीएलको दिल्ली क्यापिटल टिमबाट सन्दीप लामिछाने फुकुवा, राष्ट्रिय महिला फुटबल लिगमा आर्मी र पुलिसले अङ्क बाँडे ।

१०. र, ४६ औं राष्ट्रपतिको रूपमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको वासिङटनमा सपथ, ट्रम्पले लिएका केही निर्णय उल्टाउने संकेत, ट्रम्प भने हेलिकप्टरमार्फत ह्वाइटहाउसबाट बाहिरिए, सपथ ग्रहणमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्