Logo
Logo

कांग्रेसले सबै वडामा प्रदर्शन गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले देशका सबै वडामा प्रदर्शन गर्दैछ ।

कांग्रेसले ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले विरोध जनाउँदै आएको छ । गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा क्षेत्रमा र माघ ३ गते ७५३ स्थानीय पालिकामा कांग्रेसले प्रदर्शन गरिसकेको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संविधान विपरित भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्