Logo
Logo

एसपी र एसएसपीको बढुवामा भण्डारी र थापाले मारे बाजी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
लामो समयदेखि रोकिएको प्रहरीका एसएसपी र एसपी पदमा बढुवा अघि बढेको छ । बढुवामा केही उतारचढाव भएको छ ।
एसएसपी बढुवामा सन्दीप भण्डारीले बाजी मारेका छन् । सबैलाई उछिनेर उनी एक नम्बरमा बढुवा भएका छन् । यसअघि उनको ब्याचमा गणेश रेग्मी एक नम्बर र श्याम ज्ञवाली २ नम्बरमा थिए । तेस्रो नम्बरमा रहेका भण्डारी यसपटक पहिलो नम्बरमा बाजी मारेका छन् । त्यस्तै तेस्रो नम्बरमा आईजिपीको रोजाईअनुसार उमेशराज जोशीको बढुवा सिफारिस भएको छ । गृहसचिव प्रेम राईको कृपाले टेकप्रसाई राई दोस्रो नम्बरमा बढुवा भएका छन् । दोस्रो नम्बरमा रहेका श्याम ज्ञवाली चौथो नम्बरमा पुगेका छन् भने यसअघि पहिलो नम्बरमा रहेका गणेश रेग्मी पाँचौ नम्बरमा ।
त्यस्तै डिएसपी बढुवामा रमेश थापा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका छन् ।
हेर्नुहोस् बढुवा सिफारिस सूचि–




प्रतिक्रिया दिनुहोस्