Logo
Logo

प्रहरी बढुवामा चरम चलखेल, एक एसपीले दिए राजिनामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
नेपाल प्रहरीका एसएसपी र एसपी पदमा बढुवा सिफारिस विवादमा परेको छ । बढुवामा चरम राजनीतिकरण भएको भएको भन्दै एक एसपीले राजिनामा दिएका छन् ।


महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजिनामा दिएका छन् । संगठनले अयोग्य ठानेर बढुवा नदिएपछि राजिनामा दिएको उनले उनले बताए । ‘मेरो करिअर चौपट बनाइदिए,’ उनले भने,‘त्यही कारण अब पदमा बस्नु उचित ठानिन ।’
उनीसहित बढुवामा भरत बोहरा, रबिन्द्र केसी, कुबेर कठायत, केदार ढकाल, राजेन्द्र बिष्ट, विष्णु केसी, राजेश बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, दुर्गा सिंह, कृष्ण महत, लालमणि आचार्य, किरण राणा, अर्जुन चन्द ठकुरी बढुवामा छुटेका छन् । जुनियर रहेका दीपक थापा भने आईजिपीको निकट भएकाले सिफारिसमा परेका छन् ।
को को भए बढुवा ?
१४ जना एसपी एसएसपी बढुवाको सिफारिसमा परको छन् । जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यालाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भिमप्रसाद ढकाल छन् ।
त्यस्तै २६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । जसमा रमेश बस्नेत, हिरा बहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रबिन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, डा.मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल छन् ।
त्यस्तै रमेश थापा प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर छन् ।

प्रतिक्रिया दिनुहोस्