Logo
Logo

कांग्रेसलाई पुराना पुस्ताले जमेको पोखरीजस्तो बनाए : गगन थापा


- दृष्टि न्युज/संवाददाता


गोरखा, २७ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो अधिवेशनमा पार्टी सभापति दावी गरेका छन् । आइतबार बिहान गोरखामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले आवश्यक परे चौधौँ अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताए ।
नेता थापाले पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरीजस्तो भएकाले नयाँ पुस्ताको नेतृत्व चाहिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ । पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ ।’
नेपाली कांग्रेसमा आस्था राख्ने नयाँ पुस्ताको मागअनुसार आफू चौधौं अधिवेशनमा आफू केन्द्रीय सदस्य, महामन्त्री, सभापति जे बन्न पनि तयार रहेको बताए ।
‘कथाले जे माग्छ, म त्यो गर्न तयार छु’ थापाले भने ‘तर एउटै कुरा के हो भने पहिलो पुस्ताका नेतालाई बडो सम्मानकासाथ अभिभावक बनाएर राख्नुपर्छ ।’ कांग्रसमा नयाँ आधारभूत मान्यता बनाउनका लागि नयाँ पुस्ताले पार्टी नेतृत्व गर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्