Logo
Logo

ओली प्रचण्ड वाकयुद्ध—चियाको कप भित्रको तूफान


रवीन्द्र श्रेष्ठ




अहिले ओली प्रचण्ड विचको वाकयुद्ध चर्चामा छ । यसवारे विभिन्न कुराहरु सार्वजनिक भएका छन् । दुई अध्यक्षको विचमा केही असमझदारी वढेको वारे विभिन्न समाचार वाहिर आएका छन् । केही खटपट अवश्यपनि भएको देखिन्छ । तर यसको आकार र पार्टी, सरकार तथा देशको राजनीतिमा पार्ने असर कति हो भन्ने वारे भने भिन्न विश्लेषणहरु रहेकाछन् ।

प्रचण्डको भेनेजुएला वक्तब्यमा अमेरिकी धुरीमाथि गरिएको कडा आलोचना र ओलीको त्यसवारे जिब्रो चिप्लेको भन्ने टिप्पणीवाट यो विवाद वढ्न गएको देखिएपनि केही विवाद आन्तरिक रुपमा अलि अगाडि देखि नै वढीरहेको बुझिन्छ । सरकारी नियुक्तिहरुमा ओलीले एकलौटी गरेको, सरकारका अन्य कामहरुमा प्रचण्ड संग सल्लाह कम गरेको, प्रचण्डका सुझाव वा मागहरुलाई ओलीले वेवास्ता गरेको आदि विवाद थिए भनिन्छ ।

साथै शान्ति सम्झौताको भावना अनुरुप यसका वाँकि प्रकृयाहरुलाई टुंग्याउने गरी पहल गर्नु पर्नेमा सरकारले ढिलाई गर्नु र अमेरिकी धुरीका युरोपेली देशहरुले शान्ति प्रकृयाका वाँकि कामहरुमा अनावश्यक वक्तब्य दिंदा त्यसको काउन्टरमा प्रचण्डको भेनेजुएला वक्तब्य आउँदा ओलीले जिब्रो चिप्लको भनेर अमेरिकी धुरीलाई साथ दिएकोमा प्रचण्ड आक्रोशित भएको वताइन्छ ।

शान्ति प्रकृयाका वाँकि कामहरुमा अमेरिकी धुरीमा गएर ओलीले कांगे्रस र माओवादीका नेताहरुलाई एउटै घानमा हाल्न खोजेका त होइनन् भन्ने आशंका प्रचण्ड र कांगे्रसका नेताहरुलाई परेको छ ।

आफुलाई घानमा हाल्न खोज्दा प्रचण्डले अर्को माओवादी जन्मने वा अर्को युद्ध हुने चेतावनी दिने गरेको कुनै नयाँ कुरा होइन । अहिले पनि यहि चेतावनी प्रचण्डले दिएका छन् । अझ पहिला त आफै पनि नयाँ युद्धमा जाने चेतावनी प्रचण्डले दिने गरेका थिए ।

अहिले प्रचण्डलाई ओलीले सहमति अनुसार प्रधानमन्त्री केही समय पछि नछोड्ने हो कि भन्ने चिन्ता छ । ओलीलाई भने प्रचण्ड फँसिसकेका छन् र पार्टी फुटाउन केन्द्रिय समिति र संसदिय दलमा चालिस प्रतिशत प्रचण्डको एकलौटी नभएकोले सक्दैनन् भन्ने केही अहंकार रहेको भनिन्छ । प्रचण्डलाई तहलगाउन परेमा एमाले कै कसैलाई प्रधानमन्त्री र अध्यक्ष वाँडफाँड गरेर प्रचण्डलाई पार्टी फुटाउन चाहिने ४० प्रतिशत पु¥याउन नदिने अन्तिम दाउ छँदैछ भन्ने ओलीको ठम्याइ रहेको देखिन्छ । प्रचण्डको पनि एमालेका केही लाई फुटाएर पार्टी र सरकारवाट ओलीलाइ हटाउन सकिने स्थिति आउन सक्छ भन्ने बुझाइ रहेको देखिन्छ ।

ओली र प्रचण्डलाई फुटाउन भित्र वाहिर सबैतिरवाट प्रयास हुने कुरा पनि अहिले प्रष्ट देखिएको छ । यसमा विभिन्न समुह र व्यक्तिहरुको आ आफ्ना स्वार्थ हुनेछ ।

तर यी रणनैतिक र अन्तिम दाउका कुराहरु हुन् । तत्काल त्यस्तो केही भैहाल्ने सम्भावना देखिन्न ।

जे जस्तो झगडा ओली र प्रचण्डका विचमा भएपनि दुई जना मिलेर जाँदा नै दुबैलाइ फाइदा हुने कुरा दुबैले बुझेका छन् ।

झगडा चर्कदै जाँदा पोल्टाको पनि गुम्ने खतरा देख्न नसक्ने ओली प्रचण्ड दुबै छैनन् । अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको पक्कै पनि हो । यस्तो स्थितिमा नेकपा र सरकारका वरिष्ठ नेताहरु जिम्मेवार छन् । आलोचना सुन्न नसक्ने र सुझाव लिन नसक्ने ओली स्वभाव अझ वढी जिम्मेदार देखिन्छ ।

तर नेताहरुका विच भाग शान्ति मिल्यो भने यी वाकयुद्धहरु चियाको कप भित्रको तूफान वनाइनेछ । चियाको कप भित्रको तूफानले केही अर्थ राख्दैन । केवल दर्शकलाइ मनोरन्जन मात्रै हुन्छ । जनताको समस्या भने उस्तै रहनेछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्