Logo
Logo

लकडाउन सस्मरण लेखन प्रतियोगितामा तीन स्रष्टा पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको लकडाउन सस्मरण लेखन प्रतियोगितामा बाबुराम न्यौपाने उत्स झापा प्रथम, पवित्रा अधिकारी, काठमाडौँ दोश्रो र सम्झना निरौला काठमाडौ, तृतीय भएका छन् । लकडाउनको निर्मम नियति, बन्दाबन्दी भोग्दाको अनुभूति र लकडाउन एक वास्तविक विद्यालयका शिर्षकहरु रहेका छन् । लकडाउन संस्मरण प्रतियोगितामा २३ ओटा संस्मरणहरु प्राप्त भएका थिए । यसको निर्णांयक समितिमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र डा.ज्ञानु पाण्डे रहेका थिए ।

प्रथम पु्रस्कार रु ३० हजार, दोश्रो रु २० हजार र तृतीय रु १० हजार रहेको छ । नेपाल च्याप्टरले एक समारोह गरेर उक्त पुरस्कारहरु वितरण गर्नेछ । प्रतियोगितामा प्राप्त भएकामध्ये उत्कृष्ट १० संस्मरणहरु र विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्राप्त भएका संस्मरणहरु समावेश गरी संस्मरणसम्बन्धी एउटा ग्रन्थ पनि प्रकाशन गर्नेछ ।

यस संस्थाका बिओटी अध्यक्ष गीता खत्रीद्धारा आफ्ना मातापिताको नाममा स्थापना गरेको मखमली कमल महिला गीत सङ्गीत पु्रस्कार यस वर्ष सङुगीतकार संङ्गीता प्रधानलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ । नगद रु २५ हजारसहितको यो पु्रस्कार नेपाली गीतसङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिला गीतकार, संङ्गीतकार तथा गायकलाई हरेक दुईवर्षमा प्रदान गरिन्छ ।

यसपटक देखिनै पुरस्कार दिनको लागि व्यक्ति छनौटका लागि बिज्ञ समितिमा लोकप्रिय संगीतकार राजु सिंह, संगीतकार कृष्ण गुरूंग तथा वरिष्ठ गीतकार उन्नती बोहरा शीलाको सँगलग्नत रहेको थियो । बैठकको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्