Logo
Logo

बिचौलियासहित मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।

भुमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग लिइरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । नायव सुब्बा कुमारबहादुर राजभण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको र लेखापढी व्यवसायी बाबुराजा शाक्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरुलाई बिगो रू.६,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्