Logo
Logo

काठमाण्डौंको महत्व बुझेका मदन भण्डारी र महत्व नबुझेको ओली सरकार


- दृष्टि न्युज/संवाददाता



०४८ सालको आम चुनावमा मदन भण्डारीले किन आफ्नो गृह जिल्ला वा तात्कालिन मालेको पकड भएका जिल्लावाट चुनावमा नउठेर काठमाण्डौवाटै चुनाव लडे ? यो महत्वपूर्ण ऐतिहासिक प्रश्नको जवाफ ओली सरकारलाई थाहा छैन ।

देश भरी चुनावी लहर एमालेको पक्षमा ल्याउन मदन भण्डारीले काठमाण्डौंवाट चुनाव लड्ने निर्णय गरेका थिए । वाहिरी जिल्लावाट स्थायी वा अस्थायी वसोवासकालागि राजधानी आएका लाखौं जनतालाई प्रभावित गर्दा देश व्यापी चुनावी लहर ल्याउन सजिलो हुने मदन भण्डारीको विश्लेषण सही थियो ।

राजधानीमा रहेका वौद्धिक जमातलाई विश्वासमा नलिइ नेपालमा कुनैपनि पार्टी टिक्न सकेको छैन । राजधानीमा गरिने सानो तिनो राम्रा कामहरु तथा नराम्रा कामहरुले देश भरी ब्यापक प्रभाव पार्ने गर्दछ । राजधानीमा रहेका केन्द्रिय संचारमाध्यमहरुले यहाँका राम्रा वा नराम्रा कुरा छिटो प्रचार गर्ने गर्छन् ।

देशभरीवाट दैनिक रुपमा आउजाउ गर्ने दशौं हजार जनताले राजधानीका राम्रा वा नराम्रा परिवर्तनहरुलाई एकै छिनमा गाउँ गाउँमा पु¥याउने गर्दछ ।

तर ओली सरकार यति गैर जिम्मेदार देखिएको छ कि राजधानीका सडकहरु पानी पर्दा हिलाम्य र घाम पर्दा धुलाम्य हुने चरम लापरवाहीलाई नियन्त्रण गर्न अलिकति पनि पहल गरिरहेको छैन । मेलम्चीको पाइप विछाउने कामले यस्तो भएको भनेर पन्छिने नालायकी ओली सरकारले देखाइरहेकोछ । मेलम्चीको पाइप विछाउने वजेटमा वाटो खनेर पाइप विछाइएपछि पुनः वाटो वनाउने र अस्थायी वा स्थायी पीच गर्ने रकम पनि राखिएको हुन्छ भन्ने तथ्य ओली सरकारले किन थाहा पाएन ? कुनै व्यक्तिले वाटो खनेर पानी वा ढलको पाइप विछाउन पर्दा सरकारले अनिवार्य रुपमा वाटो वनाउने खर्च भराउने वा वाटो वनाउन लगाउने नियम कानून छ । सरकारको निकायले वाटो भत्काउँदा वाटो तुरुन्तै वनाउन पर्छ भन्ने पनि नियम कानुन छ । तर सरकारले वाटो सही ढंगले वनाउने काम नगर्दा राजधानी धुलोमाण्डौं र हिलोमाण्डौ भएकोछ ।

ओली सरकारले दश करोड खर्च गरेर वाटोको धुलो सफा गर्ने ब्रुमर मेशिन ल्याउन किन सक्दैन ? के ओली सरकार दश करोड खर्च गर्न पनि नसक्ने नालायक भएको हो ? प्रधानमन्त्री देखि वरिष्ठ मन्त्रीहरुले जनताको रगत पसिनाले खरिद गरेको एअर कण्डिशनवाला गाडिको झ्याल खोलेर रत्नपार्क दिनकाे दुई चक्कर लगाउने हिम्मत गरे हुन्छ, अनि थाहा पाउनेछन् राजधानीको केन्द्र मै कति प्रदुषण छ ।

यति कुरा पक्का छ —अहिले चुनाव हुने र वर्तमान सरकारका प्रधानमन्त्री देखि मन्त्री सम्म जो सुकै काठमाण्डौवाट चुनावमा उठेछन् भने उनीहरुको जमानत जफत हुनेछ । प्रचण्ड देखि माधव नेपाल सम्मलाई काठमाण्डौंले जिताएको हो, तर धूलो चटाएको पनि हो भन्ने तथ्य ओली सरकारले बिर्सेको जस्तो छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्