Logo
Logo

माछापुच्छरे बैंकको ‘एजुकेसन हब’ सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ । बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाइन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त हब सञ्चालनमा ल्याएको हो । उक्त हबबाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् ।

बैंकको काठमाण्डौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । विद्यार्थीहरुले सोही हबबाटै सम्पूर्ण अनलाइन भुक्तानी सेवा जस्तै पिटिइ, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अष्टे«लियन भिषा शुल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदिबारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ । यस बाहेक विद्यार्थीहरुले शाखा मार्फत आफूलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेषगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखारहित बैंकिङ सेवा गरी जम्मा १५० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंक को देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्