Logo
Logo

‘तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध हुन्छ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस विरुद्धको खोप अभियानबाट (कोभिड-१९) विरुद्धको लडाईंलाई माथि उठाएको बताएका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्कउपलब्ध गराउनेसमेत बताए । उनले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भपश्चात सम्बोधन गर्दै । तस्वीर: रासस

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले माघ १८ गते सम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढ्ने जानकारी दिए ।
उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्याएको योगदान अविस्मरणीय रहेकोसमेत बताए ।

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ ।पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान शुरु

प्रतिक्रिया दिनुहोस्