Logo
Logo

अख्तियार दिवसमै अख्तियारको दुरुपयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भव्यरुपमा २८ औं स्थापना दिवस मनायो । भ्रष्टाचार नियन्त्रणका लागि साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरियो ।
भ्रष्टाचारविरुद्ध चर्का भाषण पनि भयो । तर, स्थापना दिवसको दिन प्रमुख आयुक्तबाटै अख्तियारको दुरुपयोग भएको चर्चा मिडियामा छ ।

आयोगको स्थापना दिवसको अवसरमा अन्नपूर्ण पोष्टले ३६ पृष्ठ लामो बिशेषांक निकाल्यो । कुनै पनि संवैधानिक आयोगको स्थापना दिवसमा बिशेषांक निकाल्ने चलन विगतमा थिएन । तर, अख्तियारको भन्नासाथ सबै डराएर टन्नै विज्ञापन आउने भएकाले अन्नपूर्ण पोष्टले विशेषांक निकाल्यो ।
सरकारी मुखपत्र गोरखापत्रमा अख्तियारको विशेषांक निस्कनुपर्नेमा अन्नपूर्णमार्फत् नै विशेषांक निकाल्नुमा प्रमुख आयुक्त नवीन घिमिरेको समेत स्वार्थ गाँसिएको स्रोत बताउँछ । उनका छोरा मानस घिमिरे अन्नपूर्णमा व्यवस्थापनमा काम गर्दछन् । छोरा मानसको आग्रहमा प्रमुख आयुक्तले अख्तियारको दुरुपयोग गरेको मिडियाहाउसमा चर्चा छ ।
सो विशेषांकका लागि विज्ञापन दिन भनेर आयोगबाटै विभिन्न सरकारी कार्यालयमा फोन गरेर दबाब दिइएको थियो । सोही कारण बिशेषांक र सम्पादकीयमा समेत आयोगको प्रशंसा गरिएको छ ।
हुन त पछिल्लो समय तुलनात्मक रुपमा आयोग सक्रिय बनेको छ । तर, पनि आयोगले ठूलालाई नछुने र सानालाई नछाड्ने नीति लिएको बताइन्छ । आयल निगमकै जग्गा खरिदमा त्यसमा संलग्नहरुलाई बचाएर आयोगले गोपाल खड्कालाई अकूत सम्पत्तिमा मात्र मुद्दा दायर गर्नुले पनि सो कुरा प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्