
विराटनगर, १६ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली गुटको कुनै काम नभएको बताएका छन् । शुक्रबार यहाँ आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरेका ओली गुटको अब काम छैन ।’

अध्यक्ष नेपालले ओलीको बेहाल भएको बताए । अध्यक्ष नेपालले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको समेत आरोप लगाए । उनले भने, ‘उनी पार्टीको विधि मान्दैनन्, संविधान पनि मान्दैनन, उनलाई पार्टीको मतलब छैन ।’ ओली कम्युनिस्ट आन्दोलन, लेकतन्त्र गणतन्त्र सिध्याउन चाहेको बताएँदै उनले यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सय जनामात्रै रहेको बताउँदै भने, ‘३ सयभन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हो ।’ उनले मूल पार्टी नै सूर्य चिन्ह पाउनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वस्त पारे ।













