Logo
Logo

उपप्रधानमन्त्री उपेन्द्र यादबकी बुहारीको क्यान्सरबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, २९ माघ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो ।

दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो ।
काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्