Logo
Logo

२ करोड ५० लाख धरौटीमा छुटे गोपाल खड्का


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ माघ ।
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटीमा छुटेका छन् ।

भ्रष्टाचार मुद्दामा मंगलबार अदालतमा उपस्थित भएका उनीविरुद्ध १८ करोड भन्दा धेरै अकुत सम्पति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।
बिगोको तुलनामा न्यूनतम धरौटीमा उनी छुटेका छन् । उनका काठमाडौंमा पाँच वटा घर छन् । अन्य व्यक्तिको नाममा समेत उनले सम्पति लुकाएका छन् ।

प्रतिक्रिया दिनुहोस्