Logo
Logo

दृष्टिका १० हेडलाइन्स्ः नेकपाका दुई समूहबीच आरोप प्रत्यारोपदेखि काठमाडौंमा बर्ड फ्लुको संक्रमण भेटियासम्म


- दृष्टि संवाददाता

378
Shares

दृष्टिका १० हेडलाइन्स्

१. प्रधनमन्त्रीको असंवैधानिक कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्धारा सुदुरपश्चिमको धनगढीमा विरोधसभा आयोजना, ओलीसँग सडकमा पनि एकतिहाई मात्र मत रहेको अध्यक्ष प्रचण्डको दावी, प्रधानमन्त्री ओलीलाई सुधार्ने कोसिस गर्नु र बालुवा पेलेर तेल निकाल्नु उस्तै रहेको अध्यक्ष माधवकुमार नेपालको भनाइ ।

२. भोभिड–१९ विरुद्धको खोप अभियान सुभारम्भ गर्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरे, अबको तीन महिनामा फ्रन्टमा काम गर्नेहरुलाई मात्र खोप दिन सकिने भनाइ, बाँकी जनतालाई २०२१ भित्र खोप लगाएर कोभिड–१९ नेपालबाट भगाउँने भन्दै तीन दिनमै प्रतिवद्धताबाट पछि हटे ।

३. काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटियो, रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरियो, विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह ।

४. सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईको विश्वास, सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चार्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुने धारणा, पुष १८ पछि नेपालको शासन सञ्चालन अनिर्वाचित सत्ताद्धारा भनाइ ।

५. स्वदेशी उत्पादनलाई व्यवस्थापन गर्न नसकेको सरकारले फेरि भारतसँग बिद्युत खरिद गर्ने, नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत, भारतले ढल्केकबर–मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिने ।

६. सरकारले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकास गर्नका लागि भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) लिमिटेडलाई छनोट गर्यो, सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण, अपनत्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा विकास गर्न पाउने ।

७. नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गर्यो, निगम सञ्चालक समिति बैठकद्धारा विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय, निर्णयसँगै व्यवसायीको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि ।

८. सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राख्यो,
सुजन कँडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडक तथा जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल)–पप्पु कन्सट्रक्सन तीनकुने–कोशी एण्ड न्यौपाने निर्माण सेवा नयाँबानेश्वर कालो सूचीमा,कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने ।

९. प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुम्यो, फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जित्यो, उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एपीएफले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।

१०. राजनीतिक विवाद र शसस्त्र द्धन्द्धका कारण मध्य अफ्रिकाका हजारौं मानिस विस्थापित, मध्य अफ्रिकाबाट दुई महिनामा २ लाख ९० हजारभन्दा बढी विस्थापित, १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य, राजनीतिक विवाद र हिंसात्मक द्धन्द्धका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित ।

प्रतिक्रिया दिनुहोस्