Logo
Logo

आईजिपी खनाल र गुप्तचरका प्रमुख अधिकारी भारतमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ माघ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख भारत पुगेका छन् । भारतमा आयोजनामा हुने Synergised National Response to Emerging IED and Terrorist Threats   क विषयक सेमिनारमा भाग लिन उनीहरु भारत गएका हुन् ।
फागुन १ देखि २ गतेसम्म संचालन हुने १९औं अन्तराष्ट्रिय सेमिनारमा चल्नेछ ।

????????????????????????????????????


उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरुको प्रतिनिधित्वले अन्तराष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जाने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेष्ण गर्न सहयोग पुग्ने छ ।
खनाल र अधिकारीलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाई गरे ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाले प्रहरी मुख्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्