Logo
Logo

पूर्व मन्त्री अधिकारीको स्वास्थ्यमा सुधार, सामान्य वाडमा सारियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
पुर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । माघ २४ गते ह्याम्स अस्पतालमा भर्ना भएका नेता अधिकारीको स्वास्थ्यमा सुधार आएसंगै मंगलबार सामान्य वाडमा सारिएको छ ।


फोक्सोमा समस्या देखिए पछि नेपाल मेडिसिटी अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि २४ माघमा ह्याम्स अस्पताल लगिएको थियो । यस अगाडी अधिकारीलाई सघन उपचार कक्ष सिसियुमा राखिएको थियो ।

उनलाई माघ २ मा मेडिसिटी भर्ना गरिएको थियो । सघन उपचार कक्षमा राखेर एक महिना एक दिनमा समेत कुनै सुधार नआए पछि डिस्चार्ज गरी ह्याम्स लगिएको थियो । बिचमा उनलाई निमोनीय समेत भएको थियो । मेडिसिटीले अधिकारीको मुटुले १० प्रतिशत मात्रै काम गरेको भन्दै स्वास्थ्य अवस्था गंभिर रहेको बताउदै आएको थियो ।

तर, एक हप्तामा ह्याम्समा भएको उपचार पछि अधिकारी स्वस्थ्य भएका छन सहयोगी मोहन विष्टले भने ।

प्रतिक्रिया दिनुहोस्