Logo
Logo

मन्त्रीहरु हेरफेरको तयारी, कुन कुन मन्त्रीको पद धरापमा ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
शुक्रबार सरकारको एक वर्ष पुग्दैछ । एक वर्षको समिक्षा गरी सरकारले नयाँ रणनीति तय गर्दैछ । साथै केही मन्त्रीहरु समेत हेरफेरको तयारी भएको छ ।


अपेक्षित काम गर्न नसकेको मन्त्रीहरु हेरफेर गर्न लागिएको हो । स्रोतका अनुसार पर्यटनमन्त्री रबिन्द्र अधिकारी, श्रम मन्त्री गोकर्ण बिष्ट, यातायात मन्त्री रघुबीर महासेठ, अर्थमन्त्री डा. युवराव खतिवडा, कृषि मन्त्री चक्रपाणि खनाल र खेलकुदमन्त्री जगतबहादुर सुनुवार फेरिने सम्भावना छ ।
अर्थमन्त्री डा. खतिवडाको पक्षमा एक समूह नहटाउन सक्रिय भएको छ । राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाई रामशरण खरेललाई ल्याएर मन्त्रालय चलाएको आरोप लगाएको छ । अर्थ मन्त्रालयमा उनले खासै सुधार ल्याउन सकेका छैनन् । बरु अर्थतन्त्र खस्कदै गएको छ ।
साथै सरकारको रक्षाकवच बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई अझ महत्वपूर्ण मन्त्रालय दिने सम्भावना समेत रहेको स्रोत बताउँछ ।
यसअघि नै सरकारले कानून मन्त्री शेरबहादुर तामाङलाई हटाएको थियो ।
मन्त्री फेर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् । सम्भवतः फागून महिनाभित्रै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्