Logo
Logo

१२ एसपीको सरुवा, रौतहटमा खत्री, झापामा मैनाली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ । बुधबार काज सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ । बुधबार काज सरुवा गरिएको हो ।
सरुवा अनुसार झापामा दिनेश मैनाली तथा रौतहटमा भुपेन्द्र खत्रीलाई पठाइएको छ । झापाका भिम ढकाल हालै एसएसपीमा बढुवा भएपछि रिक्त भएको थियो । रौतहटका केदार ढकालले बढुवामा नपरेपछि त्यहाँ नजाने बताएका थिए । ढकालको अपराध महाशाखामा सरुवा भएको छ । सर्लाहीमा गोपालचन्द्र भट्टराईको सरुवा भएको छ भने दीपकराज खरेलको नम्बर गणमा सरुवा भएको छ ।
त्यस्तै मकवानपुरमा मुकेशकुमार सिंहलाई पठाइएको छ । २ नम्बर प्रदेश ट्राफिक कार्यालय पथलैयामा योगबहादुर पालको सरुवा भएको छ । कञ्चनपुरमा दिनेश आचार्यलाई पठाइएको छ । कञ्चनपुरका एसपी कुबेर कडायत बढुवामा छुटेपछि त्यहाँ नबस्ने भएपछि सरुवा भएको हो । उनको पहरा गणमा सरुवा भएको छ । त्यस्तै सिडिओसँग विवादपछि दाङबाट सरुवा गरिएका कृष्णहरी शर्मालाई बागलुङ पठाइएको छ भने बागलुङका दीपक रेग्मीको एकेडेमीमा सरुवा भएको छ।
दङ्गा गण हेटौंडामा ध्रुवराज राउतको सरुवा भएको छ ।


सरुवा अनुसार झापामा दिनेश मैनाली तथा रौतहटमा भुपेन्द्र खत्रीलाई पठाइएको छ । झापाका भिम ढकाल हालै एसएसपीमा बढुवा भएपछि रिक्त भएको थियो । रौतहटका केदार ढकालले बढुवामा नपरेपछि त्यहाँ नजाने बताएका थिए । ढकालको अपराध महाशाखामा सरुवा भएको छ ।
त्यस्तै मकवानपुरमा मुकेशकुमार सिंहलाई पठाइएको छ । २ नम्बर प्रदेश ट्राफिक कार्यालय पथलैयामा योगबहादुर पालको सरुवा भएको छ । कञ्चनपुरमा दिनेश आचार्यलाई पठाइएको छ । कञ्चनपुरका एएसपी कुबेर कडायत बढुवामा छुटेपछि त्यहाँ नबस्ने भएपछि सरुवा भएको हो । उनको पहरा गणमा सरुवा भएको छ । त्यस्तै सिडिओसँग विवादपछि दाङबाट सरुवा गरिएका कृष्णहरी शर्मालाई बागलुङ पठाइएको छ भने बागलुङका दीपक रेग्मीको एकेडेमीमा सरुवा भएको छ।
दङ्गा गण हेटौंडामा ध्रुवराज राउतको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्