Logo
Logo

नेता खनाल र चिनियाँ राजदूत भेट


- दृष्टि न्युज/संवाददाता


Jhal Nath Khanal Photo: THT file

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको छ ।
नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराएका छन् । उनले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।
नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई कुनै पनि चीन विरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु-याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रतिक्रिया दिनुहोस्