Logo
Logo

मलेशियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फाल्गुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए ।

प्रतिक्रिया दिनुहोस्