Logo
Logo

इतिहासकै खतरनाक शुटर, जो देखि डराउँथ्यो हिटलरका फौज !


- दृष्टि संवाददाता


काठमाडौं – यो कथा त्यो महिलाको हो । जसलाई खतरनाक शुटरको नामले चिनिन्थ्यो । जसले हिटलरको सैनिकहरुलाई पनि पछि पारेकी थिईन् । मात्र २५ वर्षको उमेरमै ल्यूडमिलाले ३०९ जना मानिसहरुलाई मारेको थिए । जसमा सबै भन्दा बढि हिटलरको सैनिक थिए । यो त्यतिबेलाको कुरा हो, जब द्धितीय विश्व युद्ध सुरु भइरहेको थियो । ल्यूडमिला पवलिचेंको १९४२ मा वाशिगटंन पुगेकी थिइन् ।

विशेषज्ञाको यो पनि भनाइ छ, कि सोवियत संघले ल्यूमिला पवलिचेंकोलाई प्रोपेगैंडाको लागि प्रयोग गरेका थिए । यहाँ सम्मकी उनलाई सोवियत हाई कमानले अमेरिका पठाएका थिए ।

उनलाई अमेरिका पठाउनु मुख्य लक्ष्य वेस्टर्न यूरोपियन फ्रन्ट अमेरिकाको समर्थन हासिल गर्नु थियो । जोसफ स्टालिनको चाहना थियो कि छिमेकी देशको सेनाले यूरोपमा आक्रमण गरोस त्यसको लागि उनि एकदमै इक्छुक देखिन्थो ।

अमेरिकाको यात्रा
स्टालिन चाहन्थ्यो कि जर्मनमा आफ्नो सेनाहरुलाई चारैतिर फैलाउन दबाव देओस जसले गर्दा सोवियत सेनालाई उनको तर्फबाट आइरहेको दबाव कम होस ।

स्लालिनको यो इच्छा तीन साल सम्म पनि पूरा भएन । तर, पनि यहि लक्ष्यलाई आत्मासाथ गर्दै पवलिचेंकोले ह्वाइट हाउसमा पाइला राखे । यसरी पाइला चाल्ने उनी पहिलो सोवियत थिइन् । जसले राष्ट्रपति फ्रैकलिन रुजवेल्टले नै रिसीव गरेका थिए ।

ल्यूमिला पवलिचेकोले राष्ट्रपति रुजवेल्टको श्रीमती एलेनोरसंग पुरै देश घुमेको थिए । यसै दौरान उनले आफू महिला भएर पनि युद्धमा समाबेश भएको आफ्नो अनुभवहरु अमेरिका सामु सुृनाए ।

शूटिग क्लबदेखि रेड आर्मीसम्मको यात्रा
ल्यूडमिला पवलिचेको १४ वर्षको कलिलो उमेरमा नै हतियारसंग खेल्नुपर्यो । उनी आफ्नो परिवारको साथमा यूक्रेनमा आफ्नो पुरखौली गाउँ देखि किव आएर बसेकी थिइन् ।

हेनरी साकैडाको किताब ‘हीरोइन अफ द सोवियत यूनियन’को अनुसार पवलिचेको एक हतियारको फेक्ट्रीमा काम गर्थीन । उनले र्निणय लिइनकी उनी ओसो आवियाजिम शूटिग एसोसिएनमा नाम लेखाउने छिन जहाँ उसलाई हतियारलाई चलाउन सिकाउने छ ।

अमेरिकाको यात्रा गर्दा खेरि पवलिचेकोले बताए की – कुनै बेला मेरो छिमेकीमा बस्ने एक जना युवकले शूटिग गरेर सान देखाउथियो, त्यति खेर नै मइले सोचोकी एउटा महिला पनि गर्नसक्छ । त्यसको लागि मैले धेरै अभ्यास गरे ।

केहि दिनमै पवलिचेकोले हतियार चलाउन सक्ने भइन ।
२२ जून, १९४१ मा जर्मनीले जर्मन–सोवियतको बिच आक्रमण नगर्ने बचनलाई तोड्यो त्यस पछि अपरेशनको लागि तयरी शुरु गर्यो । यो अपरेशनमा जर्मनीले सोवियत संघमा आक्रमण गर्यो ।

मिलिट्री ट्रेनिङ
ल्यूडमिला पवलिचेकोले आफ्नो देशको सुरक्षाको लागि कीवको विश्वाविधालयमा चलिरहेको इतिहासको पढाई छोडेर आर्मीमा भर्ती हुने र्निणय लिए । तर पहिला आर्मीमा लिन उनलाई मानेनन । तर जब उनले निशाना लागाउने ट्रेनिङमा आफ्नो कला देखाए तब आर्मीहरुले उनलााई रेड आर्मीको साथमा आफ्नो आडिशन दिन मौका दिए ।

‘स्राइपर इन एक्शन’ नामको निशाना लगाउनेमा आफ्नो किताबमा चाल्र्स स्ट्रोजले पवलिचेकोको बारेका लेखे, –“मैले कीवको एउटा स्कूलमा बेसिक मिलिट्री ट्रेनिङ लिएको थिए, जहाँ मइले रिजनल टूर्नामेटमा ब्याज जितेको थिए ।

प्रतियोगितामा पवलिचेकोलाई राइफल दिएको थियो र त्यो दुईजना रोमन सैनिक माथि निशाना लागाउन भनिएको थियो । जुन जर्मनको लागि काम गरिरहेको थिए । पवलिवचेकोले एकदमै सजिलै निशाना लागाइदियो । यसले उनलाई २५ वर्ष मै चपायेव फूसीलियर्स डिवीजनमा स्थान पाए ।

मरेको नाजीले केहि बिगार्दैन
सेनामा हुदा नै उनले ग्रीस र मोलदोवाको युद्धमा पनि लडे । पवलिचेकोले छोटो समयमा नै सेनामा आफ्नो नाम राख्न सफल भए । युद्धको पहिलो ७५ दिनमा नै उनले १८७ नाजी सैनिकलाई मारेको थिए । आजको यूक्रेनले दक्षिणको ओडेसाको युद्धमा आफुलाई साबित गरेपछि उनलाई सेवास्टोपोलको युद्धमा लडनको लागि क्राइमिया पठाइदिए । (३० अक्टुबर, १९४१ देखि ४ जुलाई १९४२)

सेवास्टोपोलको युद्धमा उनलाई कति चोट लाग्यो, तर उनले त्यो बेलासम्म पनि मैदान छोडेनन्, जबसम्म कि नाजी आर्मीले उनीको पोजिशनमाथि बमले हानिन्जेल । त्यसैक्रममा उनको अनुहारमा गभीर चोट लाग्यो ।

थुप्रै उपलब्धी हासिल गरिसके पछि उनले लेफ्टिनेट पदमा पदउन्न्ती पाए र उनले अरुलाई पनि निशाना लागाउन ट्रेनिङ दिन शुरु गरे । केहि दिन पछि उनलाई वाशिंगटन पठाए । अमेरिकाको यात्रा गर्ने क्रममा उनले भनेको थिए –“बाचेको हरेक जर्मन महिलाहरु, बच्चा र बूढोलाई मारिदिन्छन् । त्यसैले कुनै एक नाजीलाई मारेर म धेरै ज्यान बचाउने छु ।”
युद्धको मैदानमा

ल्यूमिला पवलिचेको कतिपय पत्रकारहरुको यस्तो प्रश्नले निकै दुखि हुन्थिन् । एकपल्ट एकजना पत्रकारले उनलाई सोधेको थियो कि – के तपाई युद्धको मैदानमा जादाँ मेकअप गरेर जानुहुन्छ । पवलिचेकोले उनलाई जवाफ दिए कि – “यस्तो कुनै नियम छैन कि युद्धमा मेकअप गरेर जानु मिल्दैन, तर त्यस समयमा कोसँग त्यो सोच्ने समय हुन्छ, कि युद्धको बिचमा तपाईको नाक कतिसम्म चमकी रहेको छ ?”

१९४२मा उनले टाइम मैगजीनसँग भनेको थिए –“यस्तो लाग्छकी अमेरिकाको लागि यो सानको कुरा हो, यो कि महिलाहरुले यूनिफामको तला केको सिल्कको अडरवीयर लागाउछ, तर उनले यो थाहा पाउन पर्छकी यूनिफार्मले रिप्रेजेट गर्छ”

हिरो अफ द सोवियत यूनियन
सोवियत संघ फर्किदैं गर्दा, पवलिचेको ब्रिटेन पनि गए । त्यहाँ पनि उनलाई ब्रिटेनदेखि वेस्टर्न फ्रंटमा सहभागि हुन अप्रिल गरे । युद्ध र हीरो अफ द सोवियत यूनियनको उच्च सम्मानले सम्मान गरेपछि उनले कीव यूनिवर्सिटीबाट आफ्नो ट्रेनिङ समाप्त गरे । त्यस पछि एउटा इतिहासकारको रुपमा आफ्नो भविष्यको शुरुवात गरे । १९४५देखि १९५३को बिच उनले सोवियत नौ सेनाको मुख्यलयको साथ काम शुरु गरे र पछि त्यो सोवियत कमेटी अफ वार वेटेरन्सको सक्रिय सदस्य भए ।

यो त्यो २,००० बन्दुकधारिहरु मध्यमा थियो जो रेड आर्मीको साथ द्धितीय विश्वा युद्धमा लडेको थिए र ५००मा त्यो थिए जो युद्धमा जिउदो थिए । तर उनको घाउ निको भएन । १० अक्टुबर १९७४मा ५८वर्षको उमेरमा उनको मृत्यू भयो ।

काम माथि प्रश्न
इतिहासमा उनको काम प्रति धेरै खाल्को प्रश्न उठाए । ल्यूबा विनोग्राडोवाले आफ्नो किताब ‘अवेंजिंग एजल्स’ मा केहि यस्ता नै प्रश्न उठाएका थिए । ल्यूडमिला पवलिचेंकोलाई सबै भन्दा बढि मृत्यू दिने कुरामा प्रश्न उठदा खेरि उनले किताबमा लेखेको थिए –“उनले १८७ शत्रुहरुलाई मृत्यू मुखमा पुराए, तर यो कुरा अचम्मको छ कि उनलाई ओडेसामा कुनै मेडल प्राप्त भएन ।”

“हरेक १० शत्रुलाई मारने वा घाइते हुदाँ निशानालागउनेलाई एउटा मेडल सम्मानको रुपमा दिइन थियो र हरेक २० लाई मारनेलाई आर्डर अफ रेड स्टार । यदि ७५को मृत्यू भए ‘हीरो आफ सोवियत यूनियन’को सम्मान दिए पुग्छ । त्यसो भए उनलाई किन केहि दिएनन् ”

कयै लेखकहरुले यस कुरामा पनि प्रश्न गरे कि भनिन्छ, उनको अनुहारमा चोट थियो, तर तस्वीरमा कुनै किसिमको चोटको दाग देखिएको थिएन । वाशिंगटनले यात्रामा ल्यूडमिला पवलिचेंकोको साथ व्लादीमिर पचेलिनत्सेब पनि गएको थिए ।

यस कुरामा पनि प्रश्न उठयो कि दुईजना पाइलट या दुइजना टैंक कमाडरलाई नपठाएर किन दुईजना महत्वपूर्ण शुटरलाई छान्ने, किनभने निशाना लगाउन जान्नेसँग आफ्नो लागि गर्नसक्ने धेरे थियो । जर्मंन उनी देखि डराउर्थो र सोवियत प्रेसले उनलाई लोकप्रिय बनाउनको लागि धेरै काम गरेको थिए । बीबीसी/अनुवाद जेनी राई (सुजता)

प्रतिक्रिया दिनुहोस्