Logo
Logo

सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्छ : अध्यक्ष केसी


- दृष्टि संवाददाता



बागलुङ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताएका छन् । उनले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताए ।

बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको बताए । उनले बारम्बर चुनावमा जाँदा नेपाललाई आर्थिक भार बढी पर्ने दाबी गरे ।

सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप छ । भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्