Logo
Logo

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ फागुन ।
स्वास्थ्य सेवा बिभाग, टेकु, काठमाडौंमा कार्यरत उपसचिव बाबुराम लामिछाने र हाल यातायात ब्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भ्एको छ ।


भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नर्पुयाई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेका थिए । यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृतका रुपमा रहँदा उनले अनियमितता गरेका हुन् ।
सवारी दर्ता ढड्डामा बदनियतपूर्वक बिभिन मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछी सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएको हुँदा निज राष्ट्रसेकहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निजलाई सोही ऐनको सोही दफा बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्