Logo
Logo

चीनद्वारा सगरमाथा बेसक्याम्पमा जान पर्यटकलाई रोक


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ फागुन ।
चीनले सगरमाथा बेसक्याम्पमा जान पर्यटकलाई रोक लगाएको छ । आधारशिविरमा फोहोर बढेपछि पर्यटकलाई रोक लगाइएको हो ।


जसअनुसार सगरमाथा चढ्न अनुमति लिएकाहरु मात्र आधारशिविरमा जान पाउनेछन् ।
चीनको तिब्बतबाट पनि ठूलो संख्यामा पर्यटकहरु सगरमाथा आरोहण गर्दछन् । चीनले ५ हजार २ सय मिटर नजिककै गुम्बासम्म मात्र पर्यटकलाई जान दिनेछ।
नजिकै सडक पुगेकाले पछिल्ला वर्ष चीनबाट सगरमाथा चढ्नेको संख्या बृद्धि भइरहेको छ । जसकारण ठूलो संख्यामा पर्यटकहरु आधार शिविरसम्म पुग्ने गरेका छन् । पर्यटक बढेपछि फोहोर पनि बढेको हो

प्रतिक्रिया दिनुहोस्