Logo
Logo

व्यवस्थाको पक्षमा गिरफ्तारी दिन तयार छु : रामकुमारी झाँक्री


दृष्टि संवाददाता

945
Shares

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेतृ राजमकुमारी झाँक्रीले आफु गिरफ्तारी दिन तयार रहेको बताएका छन् ।
पछिल्लो अभिव्यक्तिहरुका कारण प्रहरीले प्रकाउ गर्ने हल्ला चलेपछि निवास पुगेका पत्रकारसँग कुरागर्दै नेतृ झाँक्रीले व्यवस्थाको पक्षमा बोल्दा कसैले पक्राउ गर्छ भने आफु गिरफ्तारी दिन तयार रहेको बताएका हुन । उनले भने– ‘यो व्यवस्था हामीले लडेर ल्याएको हो । हामीले ल्याएको व्यवस्था विरुद्ध हुने कुनै पनि गतिविधि सहन सकिदैन । यो व्यवस्था रक्षाका लागि जस्तोसुकै बलिदानी दिन तयार छौं ।’

नेतृत् झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह समेत गरेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको भन्दै नेतृ झँक्रीले यस्तो आग्रह गरेका हुन । उनले भने– ‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्