Logo
Logo

नेता पौडेलले भने, ‘सरकारले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारे’


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गररे सरकारले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
राज्यविरुद्धको मुद्दामा नेतृ झाँक्रीलाई पक्राउ गरिसकेपछि त्यसको विरोधमा ट्वीट गर्दै नेता पौडेलले लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नांगो हस्तक्षेप गरेको छ ।’ उनले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भत्र्सना गर्दै बिनाशर्त रिहाइको मागसमेत गरेका छन् ।
नेकपाकी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाको सांसद समेत रहेकी झाँक्रीलाई बिहीबार उनकै निवास शंखमूलबाट गिरफ्तार गरेको थियो ।
नेतृ झाँक्रीलाई नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ । उनलाई भेट्ट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराई अपराध महाशाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्