काठमाडौं, २९ माघ । प्रचण्ड–माधव समूहकी नेता रामकुमारी झाँक्रिलाई गरिएको पक्राउविरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको छ । अधिवक्ता गुणराज आचार्यले झाँक्रीको गिरफ्तारीविरिुद्ध सर्वोच्चमा बन्दीको निवेदन दर्ता गराएका हुन् ।
झाँकीलाई गरिएको पक्राउ गैरकानुनी भएको जिकीर उनको निवेदनमा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो ।

अधिवक्ता बन्दीका अनुसार दुबैको कदमविरूद्ध सर्वोच्च अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको रिटमा उल्लेख छ ।
अहिले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनमा राखिएको छ।











