Logo
Logo

बुढिगंगा नदीमा बेलीब्रिज उद्घाटन


नन्दा थापा


बाजुरा, २९ माघ । बाजुराको बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा निर्माण भएको बेलिब्रिजको उद्धघाटन गरिएको छ । बेलिव्रिजको बिहीबारबाट नियमित संचालन हुने गरी एक औपचारिक कार्यत्रस्मकाबीच उद्घाटन गरेको हो ।

बेलिब्रिज गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीका कारण बगाएको थियो । सोही खोलामा बेलिव्रिज निर्माणका लागि सडक डिभिजन कार्यलय साँपस्ेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का पाएको करिव ६ महिनापछि ठेकेदार कम्पनी एमके विल्डर्स एण्ड कन्ट्रक्सन कम्पनि धनगढी बेलिवृजको निर्मार्ण सम्पन्न गरेको हो ।

बेलिब्रिजको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बिहीबार रिबन काटेर उद्घाटन गरेपछि बिहीबारबाट नियमित यातायातका साधानहरू संचालनमा आएको मार्तडी बस काउन्टर ईन्चार्ज जीवन थापाले बताए । बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्म ठुला सवारी साधानहरू संचालनमा आउन सकेका थिएनन् ।

बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क करिव ६ महिनासम्म बिच्छेद बनेको थियो । पुरानै बगाएको ठाँउमा उपयुत्तस् ठाँउ हेरेर बेलिबिज्र निर्माण गरेको सडक डिभिजन कार्यलय साँपस्े बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् ।

बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो, बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण भएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

यस अघि बेलिबिज्र बगाएको ठाँउमा नेपाली सेना, प्रहरी र स्थानियको सत्रिस्यतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । बेलिब्रिज निर्माण भएर  बिहीबारबाट यातायातका साधानहरू संचालनमा आएपछि अव सदरमुकाम मार्तडीबाटै स्थानीयहरूले बसमा यात्रा गर्न पाउने भएका छन् । मार्तडीबाटै बसको यात्रा गर्न पाउने भएपछि जिल्लाबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्