Logo
Logo

बुढीगंगा नदीमा बेलीब्रिज सञ्चालन भएपछि स्थानीय खुशी


– नन्दा थापा


बाजुरा, ३० माघ । बडिमालिका नगरपालिकाको साँफे–मार्तडी सडकखण्डअन्तर्गत जडाङमा नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरिएको छ । बेलिव्रिज बिहीबारबाट नियमित सञ्चालन हुने गरी एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको हो ।

बेलिब्रिज गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीका कारण बगाएको थियो । सोही खोलामा बेलिव्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय साँफेबगरले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि रु १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का पाएको करिब छ महिनापछि ठेकेदार कम्पनी एमके विल्डर्स एण्ड कन्ट्रक्शन कम्पनी धनगढी बेलिव्रिजको निर्माणकार्य सम्पन्न गरेको हो ।

बेलिब्रिजको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बिहीबार रिबन काटेर उद्घाटन गरेपछि आजबाट नियमित यातायातका साधान सञ्चालनमा आएको मार्तडी बस काउन्टर इन्चार्ज जीवन थापाले बताए । बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्म ठूला सवारी साधानहरु सञ्चालनमा आउन सकेका थिएनन् ।

बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क करिब ६ महिनासम्म बिच्छेद बनेको थियो । पुरानै बगाएको ठाउँमा उपयुक्त ठाउँ हेरेर बेलिबिज्र निर्माण गरेको सडक डिभिजन कार्यालय साँफे बगरका इञ्जिनीयर दमन बिष्टले वताएका छन् ।

बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो, बेलिब्रिजका लागि धेरै हारगुहारपछि बल्ल निर्माण भएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । यसअघि बेलिबिज्र बगाएको ठाउँमा नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । बेलिब्रिज निर्माण भएर आजबाट यातायातका साधान सञ्चालनमा आएपछि अब सदरमुकाम मार्तडीबाटै स्थानीयवासीले बसमा यात्रा गर्न पाउने भएका छन् । मार्तडीबाटै बसको यात्रा गर्न पाउने भएपछि जिल्लाबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्