Logo
Logo

प्रजिअमार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र


दृष्टि संवाददाता


बाजुरा, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेताद्वारा प्रजिअमार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका छन । सदरमुकाम समेत रहेको मार्तडी बजारको बिजुली अनियमित हुँदा यहाँका नागरिकलाई असहज भएको भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुुन् ।

ज्ञापनपत्रमा ‘आज विश्व विज्ञान र विचारको चमत्कारिक युगमा प्रवेश गरी विभिन्न किसिमका आधुनिक सेवा सुविधा उपभोग गरिराखेको वर्तमान समयमा बाजुरा जिल्लाजस्तो मानव सुचकांकका दृष्टिकोणले पछाडि परेको जिल्ला शिक्षा, स्वास्थ्य, खाद्यान्न, सञ्चार, यातायात, विद्युत, खानेपानी, सिंचाइजस्ता नागरिकाका आधारभूत आवश्यकताका रुपमा रहेका सेवा तथा वस्तुहरु उपलव्ध गराउनु राज्यको दायित्व भए तापनि हाम्रो जिल्लामा यी सुविधाहरुबाट नागरिकहरुले बञ्चित हुनुपरेको अवस्था विद्यमान छ’ भनिएको छ ।

‘साथै यस जिल्लामा विभिन्न समयमा फरक फरक प्रकृतिका कृतिम तथा प्राकृतिक समस्याहरु उत्पन्न भई कहिले खाद्यान्न संकट कहिले यातायातको असुविधा त कहिले खानेपानीको समेत संकट सृजना भईरहेराखेको अवस्था विद्यमान् नै भएको उल्लेख गरिएको छ । यी यावत समस्या विद्यमान हुँदाहुँदै केहि वर्ष देखि जिल्ला सदरमुकाम मार्तडीमा देखिएको विजुली वत्तिको अस्तव्यस्त अवस्थालाई मध्येनजर गरी यसभन्दा अघि पनि पटकपटक सम्बन्धित निकायलाई समस्या समाधानका लागी जानकारी गाराउँदै आएको भएता पनि हाल सम्म उक्त समस्याको सुनुवाई नभएको हुँदा पुनः एकपटक सदरमुकामको विजुली बत्तीको समस्या समाधानका लागी यथासिघ्र सम्बन्धित निकायको ध्यानाकर्षणका लागी श्रीमान् प्रमुख जिल्ला अधिकारीमार्फत यो ध्यानाकर्षण पत्र पेश गर्दछौं’ भनी उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनमा गएर नेकपाका नेताद्वारा प्रजिअमार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको नेकपा माधव प्रचण्ड समूहका नेता दीर्घराज पाध्यायले बताए । यी यावत समस्या विद्यमान हुँदाहुँदै केही वर्षदेखि जिल्ला सदरमुकाम मार्तडीमा देखिएको बिजुली बत्तीको अस्तव्यस्त अवस्थालाई मध्यनजर गरी यसभन्दा अघि पनि पटकपटक सम्बन्धित निकायलाई समस्या समाधानका लागि जानकारी गराउँदा पनि कसैको ध्यान नगएको नेकपा नेताहरुले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्