Logo
Logo

सैनामैना नगरपालिकाका वडामा एक घर एक ड्रागन फ्रुटको बिरुवा


दृष्टि संवाददाता


रूपन्देही, ३० माघ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ८ का वडाबासीलाई ड्रागन फलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर ट्यांकी वितरण गरिएको छ ।
ड्रागन फलको बिरुवा करिब १ हजार ३ सय ५० घरधुरीलाई वितरण गरिएको हो ।

सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले ड्रागन फलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर ट्यांककी वडाबासीलाई वितरण गरे । नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउँदै नगरप्रमुख कार्कीले यस खेतीबाट मनग्य आम्दानी गर्न सकिने जानकारी गराए ।

कृषि क्षेत्रको सुधारका लागि सैनामैनामा कृषि पाठशाला सञ्चालन गरिँदै आएको र जैविक विषादी बनाउन उपयोगी स्प्रेयर ट्यांकी स्तरीय बाली उत्पादनमा महत्त्वपूर्ण हुने उल्लेख गरे ।

वडागत चालू आर्थिक वर्षमा विनियोजित ३ लाख रुपैयाँको बजेटमा ड्रागन फलको बिरुवा तथा कृषि सामग्री वडाले हस्तान्तरण गरेको वडाध्यक्ष रामशरण न्यौपानेले बताए । कार्यक्रममा टोल विकास समितिलाई पनि १० थान इलेक्ट्रोनिक स्प्रेयर ट्यांकी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्