Logo
Logo

विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पाेखरेल


दृष्टि संवाददाता


कास्की, २ फागुन । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको दावी गरेका छन् ।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पोखरेलले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो ।

मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्