Logo
Logo

बुटवल उपमहानगरपालिकाले मनायाे ६२ औं स्थापना दिवस


दृष्टि संवाददाता


रुपन्देही, ३ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६२ औं स्थापना दिवस मनाएको छ । सोमबार एक समारोहको आयोजना गरी उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।

समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नयांँ व्यवस्था र प्रणालीमा शुन्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए ।

बुटवलमा क्रियाशील राजनीतिक पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनालाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरपालिकाले योजनाका साथ काम गरिरहेको उनले दावी गरे ।

केन्द्रीय सरकारले भूमि आयोग बनाएसंगै बुटवल क्षेत्रमा रहेका भूमिहिन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने, खरका छाना मुक्त बुटवल बनाइने, घरवास विपन्न दलितहरुलाई घरवासको व्यवस्था गर्नका लागि योजना बनाइएको जानकारी दिए ।

प्रमुख सुवेदीले नगरवासीलाई लगाइएको कर क्रमस घटाउने प्रतिवद्वता जनाए भने नगरवासीको हितमा निजी क्षेत्रसंग सहकार्य गरेर बुटवल क्षेत्रमा भएका पार्क, पर्यटकीय स्थल, आवश्यक पर्ने खाली जग्गा निजी क्षेत्रलाई जिम्मा दिएर आम्दानीका श्रोत बढाएर नगरवासीलाई लगाइएको कर क्रमस घटाइने आश्वासन दिए ।

उनले कूल खर्च पूर्वाधारमा केन्द्रित गरिएको उल्लेख गर्दै पर्यटन, कृषि, उद्योगको विकास र विस्तारसंगै शिक्षा, स्वास्थ्य सामाजिक उत्तर दायित्वप्रति महानगरपालिका गम्भीर छ भने । निजी क्षेत्रसंँग घनिष्टता स्थापित गरी बुटवलको विकासमा निजी क्षेत्रको लगानी गरिने र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने प्रतिवद्वता जनाए ।

बुटवल वडा नम्बर १६ मा ६ विघा जग्गामा थारु संग्रालय बनाउन नीजि क्षेत्रसंग समन्वय गरिने, जीतगढी किल्ला, तीनाउ नदीको उचित व्यवस्थापन गरी बुटवललाई व्यूटिसिटी कन्सेप्टमा लैजाने उपमहानगरको योजना रहेको उनले सुनाए ।

नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षता र महाशाखाका प्रमुख विष्णु खनालको सञ्चालनमा भएको कार्यक्रममा कर दाता, विभिन्न सामाजिक संघसंस्थाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्