Logo
Logo

७६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक पक्राउ


दृष्टि संवाददाता


बारा, ३ फागुन । ७६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाराको प्रहरीले बाराकै कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामालाई पक्राउ गरेको हो ।

लामाले मकै बारीमा वृद्धालाई बलात्कार गरेको बयान दिएका छन् ।

आरोपितलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्