Logo
Logo

दुई वर्षीय बालकको मृत्युपछि जीपमा आगजनी


दृष्टि संवाददाता


प्रतिकात्सक तस्वीर

कालिकोट, ५ फागुन । कर्णाली करिडोर स्थित शान्तिघाट बजारमा जीपको ठक्करले दुई वर्षीय बालकको मृत्यु भएको छ ।

रास्कोट नगरपालिका देखी जितेबवार जादै गरेको मे १ ज ११४९ नम्बरको बुलवुल यातायातको जीपले शान्ती त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का गोविन्द सिम्खाडाका दुई वर्षीय छोरा पे्रम सिम्खाडाको मृत्यु भएको हो ।

जीपले सुरुमा सामान्य ठक्कर दिएपछि पुनः गाडी ब्याक गरेर च्यापेर मारको प्रत्यक्षदर्शीले बताएका छन् ।
गाडीले जानी जानी बालकको ज्यान लिएको भन्दै स्थानीयले जीपमा आगजनी गरेका छन् ।

मृतक बालकको शव सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भन गाडि मालिक भने सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्