Logo
Logo

जब बर्दघाट नगरपालिकाको कार्यालयमा किसानले फाले टमाटर…


दृष्टि संवाददाता


नवलपरासी, ५ फागुन । नवलपारसीको बर्दघाट नगरपालिकाका किसानले नगरपालिका कार्यालयमा टमाटर फालेर विरोध प्रदर्शन गरेका छन् ।

उत्पादनले बजार नपाएका बेला आयातित टमाटर बिक्री भइरहेको भन्दै किसानले टमाटार नगरपालिकाको कार्यालयमा पाmलेर विरोध जनाएका हुन् ।

नगरपालिकालाई उत्पादनको बजारीकरणका लागि आग्रह गरे पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर नगरपालिकामा ल्याएर टमाटर फाल्नु परेको कृषकहरूले बताएका छन् ।

उत्पादनले बजार नपाउँदा आफूहरू निकै मर्कामा परेको कृषक विनोद नेपालले बताए । उनले पटक पटक नगरपालिकामा ताकेता गरे पनि नगरपालिकाले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको बताए ।

किसानहरूले नगर प्रमुख धीरज शर्मा बस्याललाई ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर पटक– पटक आग्रह गर्दा पनि प्रमुख बस्यालले समय उपलब्ध नगराएको उनीहरूले बताएका छन् ।

यता नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले आफूलाई टमाटर बिक्री नभएको बारे कुनै जानकारी नदिई एक्कासी अराजकता प्रर्दशन गर्दै नगरपालिकामा टमाटर फालिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्