Logo
Logo

धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारीबीच मुक्का हानाहान


दृष्टि संवाददाता


धनगढी, ५ फागुन । धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल भएको छ ।

पदाधिकारी दुई समूहमा विभाजित हुँदा हात हालाहालको अवस्था सृजना भएको हो ।

प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई जानकारी नदिएर सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद बढेको हो ।

खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरेको जनाएको छ ।

तीन वर्षसम्म साधारण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरूको उपस्थितिमा नयाँ समिति गठन गरको दाबी खोलौलाको छ ।

प्रतिक्रिया दिनुहोस्