Logo
Logo

नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन : नेता नेम्वाङ


दृष्टि संवाददाता


इलाम, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् ।

इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परेको बताए ।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने दावी समेत गरे ।

संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे ।

उनले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्