Logo
Logo

छायाँनाथ रारा नगरपालिकाले दियो एकल पुरुषलाई भत्ता


दृष्टि संवाददाता


मुगु, ७ फागुन । हिमाली जिल्ला मुगुकोे एक स्थानीय तहले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ । छायाँनाथ रारा नगरपालिकाले १४ वटै वडामा रहेका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन सुरु गरेको छ । नगर प्रमुख हरिजंश शाहीले एक सय २६ जना एकल पुरुषलाई भत्ता वितरण गरेका छन् ।

शाहीले एक पुरुषलाई भत्ता दिने छायाँनाथ रारा नगरपालिका देशकै पहिलो पालिका भएको दाबी गरे । शाहीका अनुसार ४० वर्ष माथिका एकल पुरुषलाई मासिक ५ सयका दरले वार्षिक ६ हजार भत्ता वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्